हाम्राे सम्बन्धविच्छेद भएकाे छैनः रामकृष्ण ढकाल

काठमाडौं– बुधबार दिउँसो गायक रामकृष्ण ढकालको सम्बन्धविच्छेद भएको समाचार आएपछि यसबारे रामकृष्ण ढकालले प्रतिक्रिया दिन थालेका छन् । बुधबार नै उनले आफ्नो सामाजिक सन्जालमा पत्नी निलम साह ढकालसँगको तस्वीर राखेका थिए र लेखेका थिए– दुनियाँले जे सुकै भनोस्, हाम्रो सम्बन्ध कहिल्यै मर्दैन । 

बिहिबार फेरि ढकालले सामाजिक सन्जालमार्फत् नै आफूले सम्बन्धविच्छेद नगरेको उल्लेख गरेका छन् । 

उनले बिहिबार सामाजिक सन्जालमा लेखेका छन्, ‘मैले आफुले आफ्नो बोध भए देखि नै गाउन थालेको हुँ। कति गाए त्यो अंकमा गनेको पनि छैन। जिवनको यो लामो अन्तरालमा मैले कति दर्शकरश्रोता कमाए भन्ने कुराको कहिल्यै लेखाजोखा गरिन तर समय यस्तो ठाउँमा आएर अडिदियो कि हिजो देखि नेपाली मिडियाले मेरो पारिवारिक विषयलाई समाचार बानाएदेखि मलाइ मेरा आफ्ना आलोचक र प्रसम्शक कति रहेछन भन्ने कुराको आभाष भएको छ ।’

योसँगै उनले आफू सम्पूर्ण दर्शक र स्रोताप्रति सधैं कृतज्ञ रहेको पनि बताएका छन् । 

उनले यही स्टाटसमा खण्डन गरेका छन्, ‘पछिल्लो समय जसरी मिडियामा म र मेरो जीवन संगिनीको सम्बन्ध विच्छेदलाई लिएर समाचारहरु बनेका छन् । ती सबै मेरो परिवारको आत्मसम्मान विपरीत छन त्यसैले समाचारलाई विश्वास गरि मेरो परिवार प्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनु हुन सबैमा अनुरोध गर्दछु ।’

उनको सम्बन्धविच्छेद भएको समाचार आएसँगै सामाजिक सन्जालमा उनकी पत्नी निलम साह ढकालप्रति धेरैले विभिन्न आरोप लगाउँदै कमेन्ट गरेका थिए । 



त्यही विषयलाई ढकालले लेखेका छन्, ‘विशेष गरि मेरी श्रीमती निलमलाई जोडेर एक महिलाप्रति को न्युनतम सम्मान समेतको ख्याल नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर अनुमानका भरमा कपोलकल्पित भ्रामक अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्र हत्या हुने गरि प्रतिक्रिया दिनेहरु प्रति खेद प्रकट गर्द्छु ।’

उनले त्यसमा फेरि थपेका छन्, ‘सार्वजनिक चासोको विषय बन्दा बन्दै पनि सबैका आ(आफ्नै पारिवारिक विषय हुन्छन् जुन नितान्त व्यक्तिगत हुन्छन् । व्यक्तिगत विषयमा टिप्पणी त्यसमा पनि नकारात्मक तरिकाले गर्दा समाचारको केन्द्र बन्ने व्यक्तिलाइ कति मानसिक असर पर्छ भन्ने कुरा सबैले सोच्नु पर्ने विषय हो ।’



अन्त्यमा उनले लेखेका छन्, ‘यसर्थ म प्रती चासो देखाउनु हुने मेरा सम्पुर्ण दर्शक र श्रोतालाई यति कुरा प्रष्ट पार्न चाहान्छु कि आज म जे छु त्यो सबै तपाई सम्पुर्ण दर्शकर श्रोताका कारण छु तर नेपाली गित संगीत क्षेत्रमा मलाइ अनवरतरुप मा हिडिरहन प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो मेरि श्रीमती निलम हुन् । हामी सँधै झैँ हाँसी खुशी परिवारमा संगै छौँ। हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन ।’

ढकालले आफ्नो सम्बन्धविच्छेद नभएको दाबी गर्दागर्दै पनि जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार आनन्द श्रेष्ठले सन्चारमाध्यमसँग सम्बन्धविच्छेदको पुष्टि गरेका छन् । उनले भनेका थिए, ‘उहाँहरुले सम्वन्ध विच्छेद गर्न मञ्जुर छौं भनेर मिलापत्र गर्नुभएको छ । बादी ९निलम० ले अंश नलिने गरी मिलापत्र भएको हो ।’

अदालतमा गएर कागजमा हस्ताक्षर गरेका ढकालले लगातार सामाजिक सन्जालबाट यस्तो लेख्दा यस विषयमा अब झन् धेरै चासो बढ्न थालेको छ ।

  • प्रकाशित मिति : पुस १०, २०७६ बिहीबार १३:४१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया