संसदमा बहुमत छ, समाजवादी निस्किएर के भयो र ?ः गोकुल बाँस्कोटा
फाइल तस्वीर ।

काठमाडौं– सूचना तथा सन्चारमन्त्री तथा नेपाल सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता भएर केही नहुने अभिव्यक्ति दिएका छन् । 

बिहिबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । ‘अहिले पनि प्रधानमन्त्रीसँग बहुमत छँदै छ, एउटा पार्टीले हिजो समर्थन गरेको थियो, आज निस्कियो,’ उनले भने, ‘यसले के फरक पार्यो र ?’

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिनु पर्ने अवस्था आए पनि केही फरक नपर्ने उनले बताए । उनले भने, ‘त्यो त १० मिनेटको काम हो, यसो हात उठाए भइहाल्छ,’ उनले भने, ‘मतदान नै गर्न परे पनि गरौँला, त्यसमा के फरक पर्छ र ?’

सरकारले संविधान संशोधन गर्ने आफूसँग गरेको सम्झौताबाट पछाडि हटेको भन्दै केही दिनअघि समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मो. इस्तियाक राईले पदबाट राजीनामा दिएका थिए । समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको जनाएको छ ।





  • प्रकाशित मिति : पुस १०, २०७६ बिहीबार १५:४१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया