काजकस्तानमा ९५ यात्रु सवार विमान दुर्घटनाग्रस्त

एजेन्सी– काजकस्तानमा एक सय जना यात्रु सवार विमान दुर्घटनाग्रस्त भएको छ । 

अधिकारीहरुका अनुसार बेक एयरको विमान उडान भरेको केही समयमा नै दुर्घटनाग्रस्त भएको हो । शुक्रबार विहान भएको यो दुर्घटनामा अहिलेसम्म ७ जनाको मृत्यु भएको त्यहाँका अधिकारीले पुष्टि गरिसकेका छन् । घाइतेहरुलाई उद्धार कार्य सुरु भइसकेको छ । 

काजकस्तानको सबैभन्दा ठूलो सहर अल्मातीबाट काजकस्तानको राजधानी नुर सुल्तानका लागि उडान भरेको यो विमान दुर्घटनामा परेको हो । 

अल्मातीको विमानस्थलले विमानमा ९५ यात्रु र पाँच चालक दलका सदस्य रहेको जनाएको छ । स्थानीय समयअनुसार विमानले ७ बजेर २२ मिनेट जाँदा उडान भरेको थियो । पहिले एउटा कन्क्रिट भवनमा ठोकिएको यो विमान एक दुई तले भवनमा गएर फेरि ठोक्किएको थियो । 

विमान ठोक्किँदा पनि त्यहाँ आगलागी चाहिँ भएको थिएन । 



विभिन्न अन्तर्राष्ट्रिय सन्चारमाध्यमामा त्यहाँ उद्धार कार्य भइरहेका फुटेजहरु आएका छन् । त्यहाँको सरकारले एक विशेष समिति बनाएर यो दुर्घटनाको छानबिन गर्ने जनाएको छ । 

सन् १९९९ मा स्थापना गरिएको बेक एयरले विशेषतः भिआइपी उडान भर्ने गरेको थियो । 



तर, काजकस्तानमा यो पहिलो पटक विमान दुर्घटना भएको होइन । यसअघि सन् २०१३ को जनवरी २९ मा त्यहाँ विमान दुर्घटना हुँदा २० जनाको मृत्यु भएको थियो । त्यसअघि सन् २०१२ को डिसेम्बर २६ मा अर्को दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो ।

  • प्रकाशित मिति : पुस ११, २०७६ शुक्रबार ९:४८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया