काठमाडौं– शुक्रबार बिहान जुम्लाकाे तापक्रम माइनस ७ डिग्री सेल्सियस पुगेको छ । काठमाडौंमा भने बिहीबार शून्य दशमलव ९ डिग्री सेल्सियस तापक्रम पुगेकामा शुक्रबार केही बढेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार डडेल्धुरामा ०.९, काठमाडौंमा १.२ र वीरेन्द्रनगरमा १.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको छ । यसैगरी दिपायलमा २.४, ओखलढुंगामा ३, पोखरामा ३.२, ताप्लेजुङमा ३.५ डिग्री सेल्सियस तापक्रम रहेको महाशाखाले जनाएको छ ।
यस्तै विराटनगरमा १०.८, धनकुटामा ५.५, सिमरामा ९, भैरहवामा ९.२, दाङमा ४, नेपालगन्जमा ८.४ र धनगढीमा ६ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।