ए डिभिजन लिग : पुलिसको पहिलो जित

काठमाडौं– सहिद स्मारका ए डिभिजन लिगमा विभागीय टोली नेपाल पुलिस क्लबले  पहिलो जित हात पारेको छ । पुलिसले सरस्वती युवा क्लबलाई २–०ले पराजित गरेको हो ।

दशरथ रंगशालामा शुक्रबार भएको खेलमा दोस्रो हाफको सुरुवातमा नै सुमन लामाले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । 

त्यस्तै, खेलको ७१औँ मिनेटमा भोला सिलवालले गोल गर्दै पुलिसको अग्रतालाई दोब्बर पारेको थिए । यो जितसँगै पुलिस ३ खेलबाट ४ अंक जोड्दै अंक तालिकाको सातौँ स्थानमा छ । 

लिगका ३ वटै खेलमा हार बेहोरेको सरस्वतीले कुनै अंक जोड्न सकेको छैन । सरस्वती लिगको अन्तीम स्थानमा छ । 
 





  • प्रकाशित मिति : पुस ११, २०७६ शुक्रबार १७:३८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया