पोखरा प्रिमियर लिगको उपाधि चितवन राइनोजलाई

पोखरा– पोखरामा सम्पन्न नमस्ते पोखरा प्रिमियर लिगको उपाधि चितवन राइनोजले जितेको छ । 

चितवनले विराटनगर टाइटन्सलाई ३२ रनले हराएर शीर्ष उपाधि जितेको हो ।

शनिबार भएको फाइनलमा खराब सुरुवात गरेको विराटनगरले २०३ रनको विशाल लक्ष्य पछ्याउँदै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन मात्र बनाउन सक्यो ।

चितवनले २० ओभरमा ३ विकेट गुमाएर २ सय २ रन बनाएको थियो । उसका लागि रोहन मुस्तफा र अनिलकुमार साहले अर्धशतक बनाएका थिए ।





  • प्रकाशित मिति : पुस १२, २०७६ शनिबार १५:५३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया