काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको कुलसचिव (रजिष्ट्रार)मा प्रा.डा. पेशल दाहाललाई शुक्रबार नियुक्त गरेका छन् ।
ओलीले त्रिभुवन विश्वविद्यालयको कुलपतिको हैसियतले दाहाललाई रजिष्ट्रारमा नियुक्त गरेका हुन् । त्रिवि उपकुलपति डा. धर्मकान्त बाँस्कोटाको सिफरिसमा दाहाल सो पदमा नियुक्त भएक हुन् ।
नियुक्ति पाएलगत्तै रजिष्ट्रारले दाहालले शुक्रबार नै पदबहाली गरे । छथर पोखरी–३ तेह्रथुम स्थायी बासिन्दा दाहाल त्रिभुवन विश्वद्यिालयका प्राध्यापक हुन् ।
त्रिवि ऐन २०४९ को दफा २० को उपदफा (३)बमोजिमको रजिष्ट्रारको पदावधि ४ वर्षको हुन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।