देउवा पक्षले बहुमतका आधारमा महाधिवेशनको मिति घोषणा गरेपछि का‌ंग्रेसमा आन्तरिक द्वन्द्व झनै बढेर जाने संकेत

काठमाडौं– नेपाली का‌ंग्रेसमा आन्तरिक द्वन्द्व झनै बढेर जाने देखिएको छ । पमर्टी सभापति शेरबहादुर देउवा पक्षले बहुमतका आधारमा महाधिवेशनको मिति घोषणा गरेपछि कांग्रसभित्रकै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र नेता कृष्ण सिटौला पक्षधर रुष्ट भएका छन् ।

वरिष्ठ नेता पौडेलले सभापति देउवाले पेलेर जाने नियतले महाधिवेशन घोषणा गरेको आरोप लगाएक छन् । यसले पार्टीको हित नगर्ने बरु झनै संकट निम्त्याउने बताएका छन् ।

आफूहरुले नियमित चार वर्षभित्रै महाधिवेशन गर्नुपर्ने भन्दै आएको, तर म्याद थप्नै परे पनि ०७७ मंसिरसम्मका लागि मात्रै म्याद थप्नुपर्ने माग रहेको उनले बताए । एक वर्ष समय थपेर पनि अन्तिममा महाधिवेशन भएन भने के गर्ने ? भन्दै उनले यस्तो विवादास्पद निर्णय आफूहरुलाई मान्य नहुने बताएक छन् । 

अर्का नेता कृष्ण सिटौलाको माग पनि समयमा नै महाधिवेशन गर्नुपर्ने माग छ । कांग्रेसको इतिहासमा पहिलोपटक बहुमतबाट महाधिवेशनको घोषणा भएको भन्दै उनले सभापतिले गुटलाई प्राथमिकतामा राखेर निर्णय गरेको आरोप लगाएका छन् । 

मंसिरबाट तल्लो तहको अधिवेशन सुरु गरेर फागुनमा महाधिवेशन गर्न सम्भव नरहेको उल्लेख गर्दै सिटौलाले सभापतिले यो नसच्याए पार्टीमा एकता नबन्ने चेतावनी दिएका छन् । 





  • प्रकाशित मिति : पुस १२, २०७६ शनिबार १६:३६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया