उपत्यकाको तापक्रम निरन्तर घट्दै

काठमाडाैं– केही दिनदेखि उपत्यकाको तापक्रम निरन्तर घट्दै गइरहेको छ । उपत्यकाको न्यूनतम तापक्रम शनिबार शून्य दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । यो काठमाडौं उपत्यकाको यस वर्ष मापन गरिएको सबैभन्दा कम तापक्रम हो ।

शुक्रबार उपत्यकाको तापक्रम १ दशमलव २ डिग्री सेल्सियस थियो । तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको मौसमविद् शान्ति कँडेलले बताएकी छन् । तापक्रम घटेसँगै उपत्यकामा बिहान र बेलुका बढी चिसो महसुस गरिएको छ । दिउँसोपख घाम लाग्ने भएकाले दिउँसोको तापक्रम भने नघट्ने मौसमविद्को भनाइ रहेको छ ।

शनिबार दिउँसो उपत्यकाको तापक्रम १५ देखि १७ डिग्री सेल्सियस रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चिसो बढेकाले मौसम पूर्वानुमान महाशाखाले आगमाी २४ घण्टाको चेतावनी तथा परामर्श जारी तराईका भू–भागमा बिहानको समयमा बाक्लो हुस्सु–कुहिरो रहेकाले राम्रोसँग घाम नलाग्ने भएकाले तापक्रममा गिरावट आई चिसो नै रहने भएकाले चिसोबाट बच्ने उपायहरु अपनाउनका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावबाट बच्न सतर्कता अपाउन आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्री सेल्सियसमा झरेको छ । त्यस्तै दिपायल, धनगढी र डडेधुराको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस रहेको छ । पोखराको तापक्रम ३.६, सिमराको ५.५, ओखलढुंगाको ३.० डिग्री सेल्सियस मापन गरिएको छ ।





  • प्रकाशित मिति : पुस १२, २०७६ शनिबार १७:१६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया