सहिद स्मारक ‘ए’ डिभिजन लिग : थ्री स्टार सात अंक जोड्दै दोस्रो स्थानमा उक्लियाे

काठमाडाैं– सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गतकाे खेलमा थ्री स्टार तीन खेलबाट सात अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ ।

सशस्त्र प्रहरी बल (एपिएफ)लाई १–० हराउँदै थ्री स्टार लिगको दोस्रो स्थानमा उक्लिएको हाे । थ्री स्टारका लागि अनन्त तामाङले खेलकाे १५औँ मिनेटमा गाेल गरेका थिए । 

थ्री स्टारले पहिलो खेलमा जावलाखेल युथ क्लबसँग बराबरी खेलेको थियाे । दोस्रो खेलमा हिमालयन शेर्पा क्लबलाई पराजित गरेको थियो । तेस्रो चरणको खेल सकिँदा शतप्रतिशत जित निकालेको मनाङ मर्स्याङ्दी ९ अंकका साथ शीर्ष स्थानमा छ ।

मछिन्द्र र त्रिभुवन आर्मी क्लब समान ६ अंकका साथ क्रमशः तेस्रो र चौथो स्थानमा छन्। मछिन्द्रले पनि दुई खेलमा जित र एक बराबरी खेलेर सात अंक जोडेको छ। तर, गत सिजन मछिन्द्र पुछारबाट दोस्रो स्थानमा रहेकाले मछिन्द्रको एक अंक घटाइएको छ ।





  • प्रकाशित मिति : पुस १२, २०७६ शनिबार १७:२६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया