काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको यो बैठकको मुख्य अजेन्डा नयाँ सभामुख चयन भएको बताइएको छ ।
बैठकमा सभामुखको विषयसहित एमसिसीबारे पनि छलफल हुने जनाइएको छ । यस विषयमा केही समययता नेकपाका नेताहरुबीच व्यापक अन्तर्विरोध देखिएको छ ।
सभामुखको विषयमा पनि नेकपाले अहिलेसम्म टुङ्गो लगाउन सकेको छैन । संसद सचिवालयकै महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका थिए । त्यसयता खाली सभामुख पदमा अब को आउने भन्ने चर्चा नेकपाभित्रै फरक फरक अनुहारमा गरिँदै आएको छ ।
सभामुखमा कसलाई उठाउने भन्नेमा निश्चित नभएपछि संसद बैठक पनि सूचना टाँसेर स्थगित हुँदै आएको छ । नेकपाले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन लगाएर सभामुखमा सुवास नेम्वाङलाई उठाउने तयारी गरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।