बेसारः कति धेरै फाइदा

काठमाडौं– बेसार एक महत्वपूर्ण औषधि हो । यसको उपयोग घरको भान्छामा मात्र होइन, विभिन्न मांगलिक कार्यमा पनि गरिन्छ । तर, बेसारले हाम्रा निकै धेरै घरेलु उपचारमा पनि सहयोग गर्छ ।

यसका निकै धेरै फाइदा छन् । 

१) यदि कसैलाई लामो समयसम्म शरीर दुखिरहेको छ र शरीरको कुनै पनि भागमा चोट लागेको छ भने उसलाई बेसार हालेको दुध खान दिनुपर्छ । यसले दुखाइलाई कम गर्न सहयोग गर्छ । 

२) मधुमेह वा डायबेटिज भएकाहरुका लागि बेसार निकै लाभकारी छ । यसका लागि एक चम्चा अमलाको रस, एक चम्चा बेसार मिलाएर पिउन सकिन्छ । 

३) बेसारलाई दुधसँग खाने हो भने यसले धेरै फाइदा गर्छ । घाँटी खसखसाउँदा, रुघा लाग्दा यसले निकै फाइदा पुग्छ । यतिमात्र होइन, बेसार, एलेभेरा र काँचो दुध मिलाएर बनाएको लेप अनुहारमा लगाउँदा पनि छालामा चमक आउँछ ।

४) बेसारको प्रयोगले हाम्रो शरीरको रगत पनि सफा हुन्छ । 



५)  तर, बेसारले राम्रो गर्छ भन्दैमा यसको प्रयोग धेरै गर्नुहुँदैन । आर्युवेद विशेषज्ञहरुले बेसार ३ देखि ५ ग्राममात्र प्रयोग गर्न सुझाव दिएका छन् ।



  • प्रकाशित मिति : पुस १३, २०७६ आइतबार १५:२६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया