बायनले दियाे नेपाली प्रशंसकलाई धन्यवाद

प्रसिद्ध जर्मन फुटबल क्लब तथा बुन्डेस लिगाको डिफेन्डिङ च्याम्पियन बायन म्युनिखले आफ्ना नेपाली समर्थकलाई धन्यवाद दिएको छ ।

जर्मनीको फुटबल लिग 'बुन्डेस लिगा' को बायन प्रमुख क्लब हो । क्लबले यसको उपाधि २९ पटक जितेको छ ।

बायनले आफ्नो फेसबुक पेजमा आइतबार नेपाली प्रशंसकलाई वर्ष २०१९ मा गरेको समर्थनका लागि यस्तो धन्यवाद ज्ञापन गरेको छ। यस वर्ष क्लब लिगमा तेस्रो स्थानमा छ ।

क्लबले आफ्ना मूख्य स्ट्राइकर रोबर्ट लेवेन्डस्कीको तस्बिरसँगै नेपालको झन्डाको तस्विर पनि प्रयोग गरेको छ । क्लबले नेपाली भाषामा तस्बिरमा लेखिएको 'धन्यवाद' सही भए नभएको पनि सोधेको छ । पेजमा थुप्रै नेपाली प्रशंसकले क्लबलाई यसका लागि धन्यवाद भनेका छन्।

बायनको फेसबुक पेजलाई झन्डै ५ करोडले फलो गर्छन् ।

क्लबले संसारका धेरै देशका प्रशंसकलाई त्यहाँ बोलिने भाषामा धन्यवाद दिएको हो । जर्मनीका थोमस मुलर, पोल्यान्डका लेवेन्डस्की, ब्राजिलका फिलिपे कौटिन्हो तथा जर्मन गोलकिपर म्यानुअल नोयजस्ता चर्चित खेलाडीका कारण बायनका नेपालमा ठूलो संख्यामा प्रशंसक छन् ।





  • प्रकाशित मिति : पुस १४, २०७६ साेमबार ११:४७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया