मोदीलाई फोन गरे ओलीले, दिए नेपाल भ्रमणको निम्तो
फाइल तस्वीर ।

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरेका छन् । नयाँ वर्ष २०२० को सुरुवातको दिनको अवसर पारेर ओलीले भारतीय समकक्षी मोदीलाई फोन गरेका हुन् । 

फोनमा उनले मोदीलाई नेपाल भ्रमणका लागि आग्रह गरेका छन् । अंग्रेजी नयाँ वर्षको अवसरमा मोदीलाई शुभकामना दिएको ओलीले ट्विटरमा उल्लेख गरेका छन् । 

ट्विटरमा उनले लेखेका छन्, ‘सन् २०१९ मा दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सफल रहेको निष्कर्ष हामीले निकाल्यौँ, सन् २०२० मा सम्बन्धलाई अझ उचाइमा पुर्याउन सफल रहनेमा हामीले विश्वास व्यक्त गर्यौँ ।’ ट्विटरमा नै ओलीले मोदीलाई आफूले नेपाल भ्रमणका लागि अनुरोध गरेको समेत उल्लेख गरेका छन् । 

नेपाल र भारतबीच भएको सीमाविवाद पछि प्रधानमन्त्री ओलीको भारतीय समकक्षी मोदीसँग यो पहिलो टेलिफोन संवाद हो । तर, यस विषयमा यो टेलिफोन सम्वादमा पनि केही कुराकानी नभएको बुझिएको छ । यसबारे स्वयं प्रधानमन्त्री ओलीले उल्लेख गरेका पनि छैनन् । 

केहीअघि भारतले आफ्नो नयाँ राजनीतिक नक्सा जारी गर्दा नेपाली भूमि पनि आफ्नो नक्सामा पारेको छ । यस विषयमा दुई देशबीच वार्ता गर्ने बताइए पनि नेपाल सरकारले अहिलेसम्म खासै ठोस कदम अगाडि बढाएको छैन । 





  • प्रकाशित मिति : पुस १६, २०७६ बुधबार १२:३४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया