एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा रहेको अमेरिकी दूतावासमा आक्रमण गर्नुमा इरान जिम्मेवार रहेको ठहर गरेका छन् । योसँगसँगै उनले इरानलाई चेतावनी पनि दिएका छन्, ‘यसले गर्दा इरानले ठूलो मूल्य चुकाउनु पर्ने छ ।’
यतिमात्र होइन, ट्रम्पले यसलाई चेतावनी मात्र नभएर धम्की भएको पनि बताएका छन् । अमेरिकी रक्षामन्त्री मार्क एस्परले मध्यपूर्व क्षेत्रमा अमेरिकी सैनिक तैनाथ हुने पनि जनाएका छन् । राष्ट्रपति ट्रम्पको ट्विट आएको केही क्षणमा आएको यो उनको घोषणालाई विश्व परिवेशमा फरक ढंगले लिइएको छ ।
केही समयअघि मात्र अमेरिकाले इराकमा इरान समर्थित विद्रोही संगठनहरु भएको ठाउँमा हवाइ आक्रमण गरेका थिए । यो आक्रमणमा इरान जिम्मेवार रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको ठहर हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।