काठमाडौंस्थित दशरथ रंगशालामा नेपाल भ्रमण वर्ष २०२०को समुद्घाटन समारोह भव्यताका साथ भइरहेको छ ।
समुद्घाटन कार्यक्रममा विभिन्न बाजागाजा र गीतका साथ सांस्कृतिक नृत्य देखाइएको छ ।
कार्यक्रममा सहभागी हजारौँ दर्शकको सहयोगका लागि नेपाल स्काउट, रेडक्रसलगायत सामाजिक संस्थाका साथै नेपाल प्रहरी परिचालित भएका छन् ।
नेपाल भ्रमण वर्षको उद्घाटन समारोहमा सहभागी हुन सरकारको निमन्त्रणमा छिमेकी राष्ट्र चीन र भारतका साथै विभिन्न राष्ट्रका पर्यटनमन्त्री नेपाल आइपुगेका छन् ।
दशरथ रंगशालामा जारी उद्घाटन समारोहमा चीन र भारतका पर्यटनमन्त्रीले विशेष अतिथिको हैसियतमा सम्बोधन गर्नेछन् ।
सरकारले भ्रमण वर्ष उद्घाटनमा दुई करोड रुपैयाँ खर्च लाग्ने बताएको छ । दशरथ रंगशालाको भाडा तिर्नुनपर्ने भएकाले कार्यक्रम केही सस्तो परेको आयोजकको भनाइ छ ।
फोटोफिचर
सबै तस्वीर: मनिषा पाैडेल / फरकधार
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।