ताइवानले अस्वीकार गर्यो ‘एक देश दुई व्यवस्था’ चिनियाँ नीति
ताइवानकी राष्ट्रपति साई ।

एजेन्सी– ताइवानकी राष्ट्रपति साइ इंग वेनले बुधबार चीनको एक देश, दुई व्यवस्था भन्ने नीतिको प्रस्ताव स्वीकार गर्न नसकिने बताएकी छिन् । 

यो चिनियाँ नीतिका लागि पछिल्लो समय निकै ठूलो झट्का हो । चीनले ताइवानलाई यो राजनीतिक फर्मूला पेश गरेको थियो जुन ताइवानले खारेज गरिदिएको छ । 

ताइवानले हङकङमा यो फर्मूलाले काम नगरेको र यो अनुसार ताइवान अगाडि बढ्न नसक्ने जनाएको छ । 

चीनले चाहिँ ताइवान आफ्नो देशको हिस्सा भएको र जरुरत पर्दा बल प्रयोग गरेर भए पनि ताइवानलाई आफ्नो अधिनमा ल्याउन सक्ने जनाएको छ । ताइवानले आफूलाई स्वतन्त्र देश बताउँदै आएको छ । 

११ जनवरीमा ताइवानमा नयाँ निर्वाचन हुँदैछ । राष्ट्रपति पदका लागि हुने यो निर्वाचनमा साई फेरि पनि चुनावी मैदानमा उठेकी छिन् । नयाँ वर्ष २०२० को अवसरमा दिएको अभिव्यक्तिमा साईले ताइवान एक संप्रभुता भएको देश बताएकी छिन् । र, उनले चीनको दबाबबाट अब ताइवान मुक्त हुने र लोकतन्त्र तथा त्यहाँ स्वतन्त्रता कायम राख्ने बताएकी छिन् । 

यसपटक ताइवानको चुनावी अभियनामा पनि चीनको डर नै सबैभन्दा ठूलो मुद्दा मानिएको छ । चीन शासित हङकङमा मेदेखि सुरु भएको सरकार विरोध प्रदर्शन अझै रोकिएको छैन । त्यसैले पनि ताइवानमा यसलाई ठूलो मुद्दा बनाइएको छ ।



‘हङकङका जनताले हामीलाई बताएका छन् कि एक देश दुई व्यवस्था कुनै पनि हालतमा राम्रो होइन,’ साईले भनेकी छिन्, ‘अहिले हङकङको अवस्था निकै खराब भएको छ । चीनको शक्तिको दुरुपयोग गर्दै आफ्नै फर्मुलालाई गलत प्रमाणित गरेको छ । त्यसैले चिनियाँ यो प्रस्ताव स्वीकार गर्ने भन्ने कुरा नै आउँदैन ।’

यहीबीच गत मंगलबार ताइवानको संसदले एन्टी इन्फिल्ट्रेसन कानुन पनि पास गरेको छ । यो कानुन पास भएपछि ताइवान र चीनबीच विवाद झन् बढ्दै गएको छ ।



  • प्रकाशित मिति : पुस १७, २०७६ बिहीबार ९:५७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया