भाजपा अध्यक्ष तथा गृहमन्त्री अमित सिक्दैछन् बांग्ला

एजेन्सी– भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह राजनीतिका ठूला खेलाडी हुन् । कतिले त उनले नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई यो स्थानसम्म पुर्याउन गृहकार्य गरेको पनि बताउँछन् । 

अब तिनै अमित शाहले नयाँ भाषा सिकिरहेका छन् । उनले अहिले सिक्न थालेको भाषा हो– बांग्ला । भारतबाट प्रकाशित दैनिक जागरणको एक रिपोर्टका अनुसार गृहमन्त्रीसमेत रहेका अमितले अहिले बांग्ला भाषा सिक्न थालेका हुन् । र, यसको उद्देश्य त्यहाँ हुन लागेको विधानसभा चुनावको तयारीका लागि हो । 

पश्चिम बंगालमा विधानसभा निर्वाचन हुन एक वर्ष बाँकी छ । त्यो रिपोर्टमा छापिएअनुसार चुनावी रणनीति बनाउन कुनै समस्या नहोस् भनेर अमित शाहले यो भाषा सिक्न थालेका हुन् । 





  • प्रकाशित मिति : पुस १७, २०७६ बिहीबार १०:४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया