[तस्वीरहरु] यसरी मनाए नेपाली युवाले सातौँ राष्ट्रिय पोसाक दिवस

काठमाडौं– ६ वर्षयता नेपालमा राष्ट्रिय पोसाक दिवसका रुपमा १७ पुसलाई मनाइँदै आइएको छ । काभ्रेको बनेपामा २०६९ सालमा पहिलो पटक मनाइएको यो दिवस आज पनि माइतीघर मन्डलामा नेपाली युवाहरु भेला भएर राष्ट्रिय पोसाक दिवस मनाए । 

पोसाक दिवस मनाउन माइतीघरमा भेला भएका महिलाहरु गुन्यूचोलोमा सजिएका थिए भने युवाहरु ढाका टोपी, दौरासुरुवालमा सजिएका थिए । 

यसरी माइतीघर मन्डलामा भेला भएका उनीहरुले मानव साङ्लो बनाएर नेपाली नक्सासमेत बनाए । पन्चेबाजाका साथ त्यहाँ पुगेका युवाहरुले हातमा राष्ट्रिय झन्डा बोकेका थिए ।

हेर्नुहोस्, तस्वीरहरुः 

(सबै तस्वीर: मनिषा पाैडेल / फरकधार)
 





  • प्रकाशित मिति : पुस १७, २०७६ बिहीबार १२:३९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया