बाजुरा– बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना भएको छ । जिप कर्णाली नदीमा खस्दा पाँचजनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी चारजनाको घटनास्थलमै मृत्यु भएको थियो भने बेपत्ता भएका अर्का एकजनाको पनि शव फेला परेको छ ।
से१ज १०६४ नम्बरको जिप बिहीबार दिउँसो कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
दुर्घटनामा घाइते भएका चारमध्ये दुईजनाको अवस्था गम्भीर छ । धुलाचोरबाट कोल्टी जाँदै गरेको जिप कर्णाली नदीमा खसेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।