इरानका कुद्स सेनाका प्रमुख अमेरिकी आक्रमणमा मारिए

एजेन्सी– इरानको कुद्स सेनाका प्रमुख जनरल कासिम सोलेमानी बगदादको अन्तर्राष्ट्रिय विमानस्थलमा मारिएका छन् । यो आक्रमणको जिम्मेवारी अमेरिकाले लिएको छ । पछिल्लो समय आएका समाचारअनुसार यो आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकै निर्देशनमा भएको थियो । 

यही आक्रमणमा कताइब हिजबुल्लाहका कमान्डर अबु महदी अल मुहान्दिस पनि मारिएका छन् । 

अमेरिकी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी राष्ट्रपतिको निर्देशनमा काम गरिरहेका विदेशमा रहेका अमेरिकी सैन्यकर्मीले रक्षाका लागि सोलेमानीको हत्या गर्ने कमद उठाएका छन् । अमेरिकाले उनीहरुलाई आतंकवादी घोषणा गरेको थियो ।’

यही विज्ञप्तिमा सोलेमानीले २७ डिसेम्बरयता इराकस्थित अमेरिकी सेना रहेका ठाउँमा आक्रमण गर्ने डिजाइन गरेका थिए । गत साता अमेरिकी दूतावासमा भएको आक्रमणमा पनि उनको स्वीकृति मिलेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

यो हवाइ आक्रमण भविष्यमा हुने इरानी हमलाका योजनालाई रोक्ने उद्देश्यले गरिएको अमेरिकाले जनाएको छ ।

तर, यो घटनाले अमेरिका र इरानबीचको दूरी थप बढाउने बताइएको छ । इजरायल र अमेरिकामाथि अब इरान तथा उसका समर्थकहरुले आक्रमण बढाउन सक्ने अनुमान गरिएको हो । 



गत आइतबारमात्र अमेरिकाले पूर्वी सिरिया तथा पश्चिम इराकमा रहेका हिजबुल्लाह संगठनका आधार क्षेत्रहरुलाई निशाना बनाएको थियो । यो आक्रमण २५ जना मारिएका थिए ।

कुद्स फोर्स इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कप्र्सको एक शाखा हो जो बाहिरी देशहरुमा खटिने गथ्र्यो । यसका प्रमुख कासिम सुलेमानीले सिधै इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनाईलाई रिपोर्टिङ गर्थे । उनलाई खामेनाईको नजिक पनि मानिन्थ्यो । 



  • प्रकाशित मिति : पुस १८, २०७६ शुक्रबार ९:१९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया