लाइसेन्स लिन गएका दुई नक्कली परीक्षार्थी पक्राउ

काठमाडाैं– सवारी चालक अनुमतिपत्रक लागि लिइने प्रयोगात्मक परीक्षामा सहभागी दुई नक्कली प्ररीक्षार्थी पक्राउ परेका छन् । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौँको सुकेधारास्थित नक्कली नेपाली नागरिकता बनाइ फरक व्यक्तिले ट्रायल परीक्षा दिँदै गर्दा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरका मानबहादुर ब्लोन र ललितपुर सातदोबाटोका सरोज शाही रहेको महाशाखाले जनाएको छ । उनीहरूबाट अर्काको फोटो टाँसेर प्रयोग गरिएको नागरिकता, यातायात व्यवस्था विभागबाट परीक्षकका लागि दिइएको निवेदन बरामद गरिएको छ ।





  • प्रकाशित मिति : पुस १८, २०७६ शुक्रबार ९:५३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया