Sun, 23 Feb, 2020


नेकपाले टुङ्ग्यायाे राष्ट्रिय सभा उम्मेदवार, नारायणकाजी श्रेष्ठ पनि उम्मेदवार
फरकधार / पुस १८, २०७६
शुक्रबार विहान बसेकाे नेकपा सचिवालय बैठक । तस्वीर: सूर्य थापाकाे ट्विटरबाट ।

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शुक्रबार विहान बसेको सचिवालय बैठकले पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ । 



उनी गण्डकी प्रदेशबाट राष्ट्रिय सभाका लागि उम्मेदवार बन्दैछन् । यसअघि उनी प्रतिनिधि सभा निर्वाचनमा गोरखा २ बाट समाजवादी पार्टीका डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए । 

नेकपाले स्थायी समिति सदस्य बेदुराम भुषाललाई पनि राष्ट्रिय सभामा ल्याउने भएको छ । उनी पनि ९ माघमा हुने राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार हुने नेकपा सचिवालय बैठकले टुङ्गो लगाएको छ । 

त्यस्तै नेकपाले इन्दु गौतम, देवेन्द्र दाहाल, गोपी अछामी, तुलसा दाहाल, राधेश्याम पासवान, गंगा बेलवासे, भगवती न्यौपाने, विमला घिमिरे, गोपाल भट्टराई, जगप्रसाद शर्मा, सुमित्रा बिसी, मायाप्रसाद आचार्य, तारामान स्वाँर र शारदा भट्टलाई पनि राष्ट्रिय सभा निर्वाचनका लागि हुने निर्वाचनका लागि उम्मेदवार बनाएकाे छ ।
 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्