हाइ ब्लड प्रेसर: किन सजग हुने, कसरी सजग हुने ?

एजेन्सी– असन्तुलित आहार र अनियमित जीवनशैलीको कारण आजकाल धेरै मानिसहरु उच्च रक्तचापको शिकार भइरहेका छन् । हाइ ब्लड प्रेसर भएको बेलामा रक्त धमनीहरुमा रगतको दबाव बढ्छ जसले गर्दा मुटुलाई सामान्य अवस्थामा भन्दा धेरै काम गर्नुपर्ने दवाव पर्न जान्छ । 

हाई ब्लड प्रेसरका ९० प्रतिशत भन्दा धेरै केसहरुमा कुन कारणले उच्च रक्तचाप भएको नै थाहा हुदैन । हाई बीपी बंशाणुगत गुण अथवा उमेरको कारणले पनि हुने गर्दछ । उच्च रक्तचापबाट बच्न आफ्नो जीवनशैलीमा परिवर्तन त गर्नुपर्छ त्यो बाहेक आफ्नो खानपानमा समेत ध्यान पु¥याउनुपर्ने हुन्छ ।

तनाव र चिन्ता
नियमित धेरै तनाव र चिन्ता लिनाले उच्च रक्तचापको समस्या हुनसक्छ । उच्च रक्तचाप हुनबाट बच्न तनावको माहोलबाट सकेसम्म टाढा बस्नुपर्छ ।

व्यायाम नगर्नु
हामीले बिभिन्न बाहाना बनाएर व्यायाम नगर्नाले र शारिरीक क्रियाकलापबाट टाढा बस्नाले उच्च रक्तचाप हुने संभावना बढी हुन्छ । जसलाई पहिले नै उच्च रक्तचापको समस्या छ उसले चिकित्सकको सल्लाह लिएर मात्र व्यायाम गर्नुपर्छ । अनुशासित दिनचर्या नहुनाले उच्चरक्तचाप हुनेगर्छ । त्यसैले मानिसहरुले आफुले खाने, सुत्ने, र उठ्ने समय पनि सही ढङ्गले निर्धारण गर्नुपर्छ ।

नुनको अत्याधिक प्रयोग 
हामीले दैनिक खाने खानामा नुनको बढी प्रयोग गरेमा मुटु र रक्तबाहिनी नलीमा समस्या देखापर्छ । त्यसैले धेरै नुन खाएमा उच्च रक्तचाप हुने संभावना पनि धेरै हुन्छ । 

अधिक अल्कोहल सेवन
धेरै मात्रामा मद्यपान गर्नाले ब्लड प्रेसर बढ्ने संभावना हुन्छ । धेरै मानिसहरुको तनावमा अल्कोहलको सेवन गर्ने बानी रहेको हुन्छ । तनाव त यसै पनि उच्च रक्तचापको कारण हो भने अल्कोहलको सेवनले यसलाई अझ खतरा बढाइदिन्छ । 



तेलको बढी प्रयोग 
तेलको सकेसम्म कम प्रयोग गर्नुपर्छ किनभने यसमा फ्याटको मात्रा बढी रहेको हुन्छ । तेल धेरै प्रयोग गर्नाले कोलस्ट्रोलको स्तर बढ्छ र ब्लड प्रेसर हाइ हुन सक्छ । 

कफिको धेरै प्रयोग 
कफिमा धेरै पाइने क्याफिन नामको तत्वले ब्लड प्रेसरको लेवल बढाउन सहयोग पु¥याउँछ । त्यसैले उच्च रक्तचापको समस्या भएको मानिसले धेरै कफि पिउनु हुदैन । 



फास्ट फुडको प्रयोग 
मानिसहरुमा उच्च रक्तचापको समस्या छैन भने पनि नियमित रुपमा बारिको फास्ट फुड सेवन गर्नाले यो समस्या देखा पर्न थाल्छ । पिज्जा, बर्गर, फ्रेन्च फ्राई जस्तै मसला धेरै भएको खानाले उच्च रक्तचाप हुनसक्छ ।

प्रशोधित मासुको प्रयोग
प्रशोधित मासुमा सोडियमको मात्रा धेरै हुने भएकोले यस्तो मासु ज्यादै कम मात्र प्रयोग गर्नुपर्छ । ‘ननभेज’हरुले पनि प्रशोधित र रातो मासु प्रयोगमा कमी ल्याउनुपर्छ । यसको साटो माछा र चिकेनको प्रयोग बढाउनुपर्छ । यसमा पाइने ओमेगा ३ फ्याटी एसिड बिपी नियन्त्रण गर्न सहयोग पु¥याउँछ ।
 

  • प्रकाशित मिति : पुस १८, २०७६ शुक्रबार १२:३५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया