अष्ट्रेलियाली महिलाले मानिनन् प्रधानमन्त्रीसँग हात मिलाउन

अष्ट्रेलिया केही समययता आगलागीको चपेटामा परिरहेको छ । यहीबीच त्यहाँका प्रधानमन्त्री स्कट मोरिसन पनि बारम्बार आलोचनाको शिकार भइरहेका छन् । 

यसअघि त्यहाँ बढ्दो आगलागीका बीचमा पनि उनी बिदा मनाउन गएको भन्दै आलोचनामा परेका थिए । 

अहिले उनी आगलागी भएका विभिन्न ठाउँमा पुगिरहेका छन् । 

त्यस्तै, यो आगलागीका कारण प्रभावित एक ठाउँमा पुग्दा अष्ट्रेलियाली प्रधानमन्त्रीसँग त्यहाँका महिला तथा अन्य बासिन्दाले हात मिलाउन समेत मानेनन् । 

सिएनएनको एक भिडियोमा एक महिलाले हात मिलाउन नमानेपछि अष्ट्रेलियाली प्रधानमन्त्रीले उनको हात तानेर नै ह्यान्डसेक गरेका छन् । ती महिलाले चाहिँ मोरिसनसँग उनले उक्त क्षेत्रमा थप बजेट पठाएमात्र हात मिलाउने बताएकी छिन् । 

 





  • प्रकाशित मिति : पुस १८, २०७६ शुक्रबार १४:५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया