काठमाडौं– आफूले खेती गरेको उखुको पैसा पाउनु पर्ने माग बोकेर काठमाडौं आएका सर्लाहीका उखु किसानको आन्दोलन र धर्ना शुक्रबार पनि जारी छ । शुक्रबार विहानैदेखि उपत्यकामा पानी पर्न थाल्यो ।
तर, यो चिसोको पानीले पनि उखु किसानको धर्ना रोकिएको छैन । बरु माइतीघर मन्डलामा उनीहरु पाल टाँगेर धर्नामा बसिरहेका छन् ।
चिनी मिलका साहुहरुले आफूहरुलाई पैसा नदिएसम्म घर नफर्किने उनीहरुले अडान गरेका छन् । उनीहरुले प्रतिबद्धताले मात्र पनि नपुग्ने बताएका छन् । ‘यसअघि पनि बारम्बार हामीले प्रतिबद्धता पायौँ तर काम भएन,’ उनीहरुको माग छ, ‘सरकारले हामीलाई जसरी पनि हाम्रो बक्यौता मिलाइदिनु पर्यो ।’
शुक्रबार दिउँसो काठमाडौंमा पानी परेपछि चिसो निकै बढेको छ । तर, आँत पनि नभरिने कपडा लगाएर उखु किसान खुला आकाशमा धर्नामा बसिरहेका छन् ।
उनीहरु आन्दोलन गरिरहेको ठाउँमा फरकाधारका कमल विष्ट पुगेका छन् । त्यहाँबाट उनले खिचेका केही तस्वीरः
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।