\
एजेन्सी– भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष तथा गृहमन्त्री अमित शाहले भारतमा नयाँ नागरिकता कानुनको विषयमा चर्को अभिव्यक्ति दिएका छन् ।
राजस्थानमा एक सभालाई सम्बोधन गर्दै उनले यस विषयमा सारा विपक्षी एक भए पनि भाजपा पछाडि नहट्ने बताएका हुन् ।
भाजपाले देशभर नयाँ नागरिकता कानुनबारे सुरु गरेको जनजागरण अभियानमा बोल्दै शाहले यस्तो बताएका हुन् ।
‘कांग्रेस, ममता दिदी, सपा, बसपा, केजरीवाल र कम्युनिस्ट सबै एक भए पनि भाजपा एक इन्च पछाडि हट्दैन,’ उनले भने, ‘यसबारे अहिले उनीहरु भ्रम छरिरहेका छन्, यो लामो समय टिक्दैन ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।