दाजुको नाममा ट्रायल दिन आएका भाइ प्रहरीको फन्दामा

भक्तपुर– भक्तपुरमा दाजुको नाममा ट्रायल दिन आएका भाइलाई प्रहरीले पक्राउ गरेको छ । दोलखा घर भई हाल लोकन्थली बस्ने १९ वर्षे सौरभ रिमाल प्रहरीको फन्दामा परेका हुन् । 

दाजुको सट्टामा दुई मोटरसाइकलको ट्रायल दिइरहेको अवस्थामा उनलाई राधेराधेस्थित इजी–वे ट्रायल सेन्टरबाट पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त ठिमीले जनाएको छ । रिमालले आफ्नै २२ वर्षे दाइ पर्शुराम रिमालको नामबाट ट्रायल दिने प्रयास गरेका थिए । 

रिमालको साथबाट प्रहरीले नागरिकता, ड्राइभि प्रवेश पत्र र एबी क्याटगोरीको ड्राइभिङ लाइसेन्स नियन्त्रणमा लिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 





  • प्रकाशित मिति : पुस १८, २०७६ शुक्रबार १८:३४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया