इमरानले ट्विट गरे, भारतीय प्रधानमन्त्री र प्रहरीको आलोचना गरे

एजेन्सी– पाकिस्तानी प्रधानमन्त्री इमरना खानले आफ्नो आधिकारिक ट्विटर एकाउन्टबाट एउटा ट्विट गर्दै भारत सरकार तथा उत्तर प्रदेश प्रहरीको जमेर आलोचना गरेका छन् । 

‘नस्लीय हिंसाको उद्देश्यका साथ फाँसीवादी मोदी सरकार भारतीय मुसलमानविरुद्ध अभियान चलाइरहेको छ,’ इमरान खानले लेखेका छन्, ‘भारतीय प्रहरीले पनि बर्बरताको एउटा नयाँ आयाम विकास गरिदिएको छ ।’

भारतमा नागरिकता कानुनको विरोधमा भएको प्रदर्शनमा उत्तर प्रदेशमा मात्र अहिलेसम्म १८ भन्दा बढीको मृत्यु भइसकेको छ । भारतीय न्युज वेबसाइट न्युज १८ ले उत्तर प्रदेश प्रहरीले गरेको कारवाहीका विषयमा विभिन्न समाचार छापिरहेको छ । 

इमरान खानले यही न्युज वेबसाइटबाट पनि समाचारहरु लिएर आफ्नो ट्विटरमा सेयर गरेका छन् । 

इमरान खानले यसअघि उत्तर प्रदेश प्रहरीबारे सामाजिक सन्जालमा आएको एउटा ट्विटर सेयर गरेका थिए । पछि उनले त्यसलाई डिलिट पनि गरे । 

यो ट्विट एउटा भिडियो थियो । भिडियो शेयर गर्दै उनले लेखेका थिए, ‘भारतीय प्रहरी उत्तर प्रदेशमा मुसलमानका साथ सामूहिक हिंसा गरिरहेको छ ।’



इमरानको यो ट्विटको उत्तर प्रदेश प्रहरीले तत्काल खण्डन गरेको थियो । 



  • प्रकाशित मिति : पुस १९, २०७६ शनिबार १७:१४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया