एजेन्सी– भारतीय क्रिकेट टिमका अलराउन्डर इरफान पठानले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । इरफानले एउटा टिभी कार्यक्रममा अन्तर्वार्ता दिँदै यस्तो बताएका हुन् ।
उनले भने, ‘म क्रिकेटको सबै फम्र्याटबाट सन्न्यास लिने घोषणा गर्छु । मैले सौरभ गांगुली, राहुल द्रविड, विविएस लक्ष्मणजस्ता महान खेलाडीसँग ड्रेसिङ रुम सेयर गरेँ, त्यसलाई आफ्नो भाग्य ठान्छु ।’
भारतीय टिमका लागि इरफान पठानले २९ टेस्ट, १२० वानडे, २४ टी २० खेलेका छन् । उनले २९ टेस्टमा १०० विकेट लिएका छन् । उनले वानडेमा १७३ विकेट लिएका छन् ।
उनले टी २० मा २८ विकेट लिएका छन् र उनको उत्कृष्ट प्रदर्शन १६ रन दिएर ३ विकेट हात पार्नु थियो ।
उनले भारतका लागि टेस्टमा १२ डिसेम्बर २००३ मा डेब्यु गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।