इराकमा रकेट हमला, इरानकाे स‌ंलग्नताकाे आशंका
साङ्केतिक तस्वीर

एजेन्सी– इराकी सुरक्षा सुत्रहरुले राजधानी बग्दादमा दुई रकेट हमला भएको बताएका छन् । यसमा एक अमेरिकी दूतावास नजिकको ग्रिन जोनमा र अर्को इराकी राजधानीको उत्तरी क्षेत्रमा आक्रमण भएको उनीहरुले बताएका हुन् । 

इराकी प्रहरीका अनुसार ग्रिन जोनमा भएको रकेट आक्रमणमा पाँच जना घाइते भएका छन् । यसबाहेक अरु क्षति भएको उनीहरुले बताएका छैनन् ।

यो आक्रमणको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन । तर, इरान समर्थित विद्रोहीले इराकमा यो आक्रमण गरेको हुनसक्ने बताइएको छ ।

समाचार एजेन्सी रोयटर्सले इराकी सेनालाई उद्धृत गर्दै रकेट आक्रमण अमेरिकी सेना रहेको ठाउँमा भएको बताएको छ । तर, यसमा कसैको पनि मृत्यु नभएको बताइएको छ । 

यसबारे थप जानकारी आउन बाँकी छ । 

यसअघि इराकमा अमेरिकी आक्रमणमा इरानी सेनाका कमान्डर जनरल कासिम सुलेमानीको मृत्यु भएको थियो । त्यसैले इराकका यी आक्रमणमा इरानको संलग्नता रहेको हुनसक्ने अनुमान गरिएको छ । 





  • प्रकाशित मिति : पुस २०, २०७६ आइतबार ०:३६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया