भारतीय ट्रकले ठक्कर दिँदा दुईकाे मृत्यु

झापा– झापाको दमकमा शनिबार राति भारतीय नम्बर प्लेटकाे ट्रकले टेम्पोलाई ठक्कर दिँदा टेम्पाेका चालकसहित दुई जनाको मृत्यु भएको छ । 

ट्रकको ठक्करबाट टेम्पो चालक दमक नगरपालिका ९ का ३९ वर्षीय हरि भुजेल र त्यसमा सवार सोही ठाउँका २४ वर्षीय सुरज साहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डितले बताए ।

पूर्वपश्चिम राजमार्गको दमकस्थित क्याम्पस मोडमा पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर बिआर ०१ जिएस ८७८८ को ट्रकले विपरित दिशाबाट आएको टेम्पोलाई ठक्कर दिएको थियो । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । स्थानीय अस्पतालमा सामान्य उपचारपछि घाइते घर फर्किएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चलकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





  • प्रकाशित मिति : पुस २०, २०७६ आइतबार १०:८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया