यसो गरे एकपटक चार्ज गरेपछि पाँच दिन चल्न सक्छ तपाईंको स्मार्टफोन

काठमाडौं– विश्वमा वैज्ञानिकहरुले हाम्रो फोनको ब्याट्रीलाई कसरी लामा समय टिकाउने भन्नेबारे अध्ययन गरिरहेका छन् । अब उनीहरुले एउटा त्यस्तो ब्याट्री बनाएका छन् जुन एक दिन चार्ज गरेको खण्डमा लगातार पाँच दिनसम्म चल्न सक्छ । लिथियम र सल्फरबाट बनेको यो ब्याट्रीलाई एकपटक फुल चार्ज गर्ने हो भने यसले कुनै विद्युतीय गाडीलाई पनि एक हजार किलोमिटरसम्म चलाउन सकिन्छ । 

अष्ट्रेलियाको मोनाश विश्वविद्यालयका शोधकर्ता महदोखत शाबानी र उनका सहयोगीहरुले लिथियम आयन ब्याट्रीको तुलनामा पाँच गुण शक्तिशाली हुने लिथियम सल्फर ब्याट्री बनाएका हुन् । 

यो ब्याट्रीलाई बारम्बार चार्ज गर्दा पनि यसले दिने ऊर्जामा कुनै कमी नआउने बताइएको छ । अहिले हामीले मोबाइलमा प्रयोग गर्ने ब्याट्री चाहिँ बारम्बार चार्ज गर्दा त्यसको क्षमतामा ह्रास आउने गरेको छ ।

सल्फर आयनबाट बनेको यो ब्याट्री अहिलेको हाम्रो ब्याट्रीको तुलनामा पाँच गुणाभन्दा बढी शक्तिशाली पनि हुन्छ ।





  • प्रकाशित मिति : पुस २०, २०७६ आइतबार १२:१०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया