कांग्रेस संस्थापनइतर समूहको आह्वानमा सानेपामा जिल्ला सभापतिको भेला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापनइतर समूहको आह्वानमा पार्टी कार्यालय सानेपामा जिल्ला सभापतिहरुको भेला सुरु भएको छ । 

सभापति देउवाले बहुमतका बलमा महाधिवेशनको मिति तोक्नेलगायत केही निर्णय गराएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले जिल्ला सभापतिहरुको भेला बोलाएको हो । 

भेलामा कांग्रेसका ४० भन्दा बढी जिल्लाका सभापति उपस्थित छन् । जिल्ला सभापति भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्रीहरु प्रकाशमान सिंह, नेताहरु डा. रामशरण महत, अर्जुननरसिंह केसी, कोषाध्यक्ष सीतादेवी यादवलगायत नेता सहभागी छन् ।

वरिष्ठ नेता पौडेल र कृष्णप्रसाद सिटौला पक्षले ११ पुसको केन्द्रीय समिति बैठकका निर्णय सच्याउन दबाब दिँदै आएका छन् । जिल्ला सभापतिहरुसँगको ‘परामर्श भेला’को सुझाबका आधारमा आफूहरु अगाडि बढ्ने भेला आयोजकले बताएका छन् । 





  • प्रकाशित मिति : पुस २१, २०७६ साेमबार १५:४८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया