नेप्से परिसूचक मंगलबार पनि दोहोरो अंकले बढ्याे

काठमाडौं– लगातार उकालोको यात्रा तय गरेको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि दोहोरो अंकले बढेको छ । यस साताको सुरुदेखि नै नेप्सेको उकालो यात्रा जारी नै छ । कारोबार भएको यस साताको  तीन कारोबार दिनमा नै नेप्सेमा दोहोरो अंकको वृद्धि कायम छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६.२३ विन्दुले बढेर एक हजार २१६.९२ मा पुगेको छ । सेन्सेटिभ परिसूचक ४.१३ ले वृद्धि भई २६४.८१ मा पुगेको छ । 

धेरै पछि कारोबार रकम अर्ब माथि पुगेको छ । लगानीकर्तामा विश्वास बढेपछि कारोबार रकममा उल्लेख्य वृद्धि भएको हो । कुल १ सय ७९ कम्पनीका ३८ लाख ८० हजार ९ सय ५० कित्ता सेयर एक अर्ब १० करोड २७ लाख ३६ हजार ७ सय ४८ मूल्यमा खरिद–बिक्री भए । धेरै पछि कारोबार रकमले नयाँ इतिहास कायम गरेको हो । 

नेप्सेका अनुसार कारोबार भएका कुल १२ उपसमूहमध्ये दुई उपसमूहको सेयर ओरालो लाग्दा १० उपसमूहको सेयर उकालो लागेको छ । होटल ८.३७ र उत्पादन २२.६६ विन्दुले ओरालो लागेको छ । बैंकिङ १९.०३, व्यापार १.०१, विकास बैंक २६.१८, जलविद्युत् १७.५५, वित्त ५.०२, निर्जीवन बिमा ८६.५६, अन्य १.५२, लघुवित्त ३२.९, जीवन बिमा १.०४ र सामूहिक लगानी कोष ०.०१ ले वृद्धि भएको छ । 

नेप्सेका अनुसार सबैभन्दा बढीको कारोबार माछापुच्छ्रे बैंकको भएको छ । सो बैंकको मात्रै १९ करोड ४९ लाख १३ हजार ४ सय १३ को कारोबार भई शीर्ष स्थानमा रह्यो । एनआइसी एसिया बैंक ६ करोड ४८ लाख ६ सय ३३, प्रभु बैंक चार करोड २० लाख १२ हजार ९ सय १२, डिप्रोक्स लघुवित्त वित्तीय संस्था चार करोड ६ लाख ५० हजार ८ सय ६१, एनसिसी बैंक दुई करोड ९१ लाख २५ हजार २ सय ६१, एनएमबी बैंक दुई करोड ६८ लाख ७४ हजार ९ सय ५५, लुम्बिनी विकास बैंक दुई करोड ६३ लाख ९५ हजार ५ सय ४३ र सिद्धार्थ बैंक दुई करोड ३५ लाख ३० हजार ८ सय १६ मा कारोबार भई शीर्ष स्थानमा रहे । 

नेप्सेका अनुसार सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा बोमी माइक्रोफाइनान्स वित्तीय संस्था ९.९७, सेन्ट्रल फाइनान्स ९.७६, सबैको लघुवित्त वित्तीय संस्था ९.४९, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ८.६९, राष्ट्रिय बिमा कम्पनी लिमिटेडको संस्थापक सेयर ७.८९ र दिव्यश्वरी हाइड्रोपावरका सेयरधनीले ७.८४ प्रतिशतले कमाए । 



त्यस्तै, बोटलर्स नेपाल तराई ३.९३, नेपाल फाइनान्स ३.७०, आँखुखोला जलविद्युत् कम्पनी ३.४४, पञ्चकन्या माई हाइड्रोपावर २.२९, सिनर्जी पावर २.०६, विशाल बजार कम्पनी २.०४ र एनआइसी एसिया ग्रोथ फन्डका लगानीकर्ताले दुई प्रतिशतले गुमाएका छन् ।



  • प्रकाशित मिति : पुस २२, २०७६ मंगलबार १७:३९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया