एजेन्सी– सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनलाई समर्थन गरेका फेसबुकका एक उच्च अधिकारीले फेसबुक यस पटकका लागि पनि ट्रम्पको जितका लागि आवश्यक साधन हुनसक्ने बताएका छन् ।
अफिसमा जारी गरेको एक मेमोमा फेसबुकका उपाध्यक्ष एन्ड्र्यु बोसवर्थले सन् २०१६ को निर्वाचनमा ट्रम्पको जितका लागि फेसबुक महत्वपूर्ण प्लेटफर्म भएको र यसपटक पनि त्यही हुनसक्ने बताएका हुन् ।
‘मलाई विश्वास छ, हामीले त्यो गर्नुहुँदैन जे हामीले सन् २०१६ मा गरेका थियौँ,’ उनले भनेका छन् । यसबारे पहिलो पटक मंगलबार न्युयोर्क टाइम्सले समाचार प्रकाशन गरेको थियो । ‘पहिले पनि ट्रम्पले यस्तो विज्ञापन हाम्रोमा राखेका थिए कि उनले यसमा जित निकाले,’ उनले भनेका कुरालाई न्युयोर्क टाइम्समा लेखिएको छ, ‘ट्रम्पले जित्दा क्याम्ब्रिज एनालाइटिकाले क्रेडिट लिन खोज्यो, तर, त्यस्तो होइन ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।