सय दिएर लाखकाे सम्झाैता गर्ने यादव पक्राउ

काठमाडौं– ऋण दिँदा जग्गा पास गरेर नै आफ्नो कब्जामा राखेको र लाख दिएर करोडको तमसुक बनाएको आरोपमा रामबाबु राय यादव प्रक्राउ परेका छन् । 

बुधबार उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले पक्राउ गरेको हो । उनले सयौँ किसानलाई केही पैसा दिएर चर्को ब्याज असुल्दै आएका थिए । 

उनीबाट पीडितहरु सर्लाहीबाट न्याय खोज्न अहिले काठमाडौं आइपुगेका छन् । उनीहरुले आफ्नो समस्या सुनाउन महान्याधीवक्ताको कार्यालय सिंहदरबारमा पुग्दा आइजिपी सर्वेन्द्र खनाल पनि त्यहीँ थिए । उनले किसानहरुको कुरा सुनेपछि रायलाई पक्राउ गर्न आदेश दिउका हुन् । 

त्यसपछि पीडितहरुले दिएको बयानका आधारमा राय पक्राउ परेका हुन् ।

एउटा खसी दिएकै भरमा घरजग्गा आफ्नो नाममा पास गराएका राय यादव राजपाका केन्द्रीय सदस्यसमेत हुन् । 





  • प्रकाशित मिति : पुस २३, २०७६ बुधबार १३:५०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया