ए  डिभिजन लिग: ब्रिगेड व्बाइजलाई हराउँदै थ्रिस्टार तेस्रो स्थानमा उक्लियो

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगमा थ्रि स्टारले बिग्रेड व्बाइजलाई ३–१ ले पराजित गरेको छ ।  

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आज भएको खेलमा थ्रि स्टारलाई जित दिलाउने क्रममा सुशन श्रेष्ठ, अनन्त तामाङ तथा वासिउ ओलादिरान हाजमतेले गोल गरे । ब्रिगेडका लागि एक गोल रोशन राना मगरले गोल गरे ।  

खेलको १५ औं मिनेटमा  सुशन श्रेष्ठले गोल गर्दै थ्रि स्टारलाई अग्रता दिलाएका थिए । खेलको ४१ औं  मिनेटमा  मिक्छेन तामाङको कर्नल क्रसमा  हेडमार्फत गोल गर्दै अन्नत तामाङले थ्रि स्टारको अग्रतालाई दोव्बर बनाए ।  खेलको ५८ औं मिनेटमा वासिउ ओलादिरान हजामतले थ्रि स्टारको अग्रताई  बढाए । खेलको अन्तिम समयमा ब्रिगेडका रोशन राना मगरले सान्त्वना गोल फर्काए । 

थ्रिस्टारका अन्नत तामाङ खेलको उत्कृष्ट खेलाडी घोषित भए ।

यो जितसंगै  ५ खेलबाट १० अंक जोडेर थ्रि स्टार तेस्रो स्थानमा उक्लिएको छ भने ब्रिगेड व्बाइज समान खेलबाट ६ अंकका साथमा सातौं स्थानमा छ ।   





  • प्रकाशित मिति : पुस २३, २०७६ बुधबार १४:१७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया