श्रीमानले हम्मरले हिर्काउँदा श्रीमतीको मृत्यु

बुटवल– रुपन्देहीको सियारी गाउँपालिकाका एक पुरुषले हम्मरले हिर्काउँदा श्रीमतीको मृत्यु भएको छ । ३२ वर्षीय सनि कुमालले ३० वर्षीया श्रीमती कान्छी सुवेदी भनिने चम्पा क्षेत्री कुमालको हत्या गरेको रुपन्देही प्रहरीले जनाएको छ ।

रुपन्देहीका प्रहरी प्रवक्ता खडकबहादुर खत्रीले प्रारम्भिक अनुसन्धानमा सनिले फलामको हम्मरले टाउको, अनुहार, छाती, पेटमा हिर्काएर श्रीमती कान्छीको हत्या गरेको खुल्न आएको बताए ।

मंगलबार बिहान ११ बजे सियारी गाउँपालिका १ स्थित सूर्यबहादुर कुँवरको घरस्थित डेरामा कान्छी कोठाभित्र मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले अभियुक्त सनिलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा घरासयी विवादका कारण हत्या भएको खुल्न आएको प्रहरी प्रवक्ता खत्रीले बताए ।





  • प्रकाशित मिति : पुस २३, २०७६ बुधबार १६:२४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया