घरेलु लिगमा व्यक्तिगत १००औँ गोलकाे रेकर्ड

काठमाडौं– आज नेपाली घरेलु लिगमा एउटा इतिहास रचिएको छ । त्यो इतिहास हो, लिगमा व्यक्तिगत १००औँ गोल । यो रेकर्ड बनाएका छन्, च्यासल युवा क्लबका कप्तान सन्तोष साहुखलले ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आज भएको खेलमा नेपाल पुलिस क्लबविरुद्ध गोल गर्दै सन्तोषले लिगमा आफ्नो १००औँ गोल पूरा गरेका हुन् । लिगको ४३औँ संस्करणसम्म आइपुग्दा १०० गोल पूरा गर्ने गर्ने सन्तोष पहिलो तथा एक्लो खेलाडी बनेका छन् ।

सन्तोषले विसं २०६० बाट लिग खेल्न थालेका हुन् । थ्री स्टारबाट लिगको सुरुवात गरेका सन्तोष लामो समयसम्म थ्रीस्टारमा नै रहे । सन्तोषले मनाङ मर्स्याङ्दी र एपिएफ क्लबबाट पनि लिग खेलेका छन् । 

सन्तोषले थ्री स्टारका लागि सबैभन्दा धेरै गोल गरेका छन् । उनले थ्री स्टारका लागि ७१, एपिएफका लागि ६ मनाङ मर्स्याङ्दीका लागि १६ तथा हालको क्लब च्यासलका लागि ७ गोल गरेका छन् । 

यो गोलसँगै सन्तोषले जारी लिगमा आफ्नो गोल संख्या ४ पुर्याएका छन् र उनी उच्च गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन् । लिगको १० संस्करण खेल्दा सन्तोषले सबैभन्दा धेरै गोल २०६६–६७को लिगमा गरेका छन्, उनले यो लिगमा १९ गोल गरेका थिए । 

सबैभन्दा कम गत सिजनको लिगमा गरेका छन् । गत सिजन ५ खेल मात्र खेलेका सन्तोषले ३ गोल गरेका थिए । 





  • प्रकाशित मिति : पुस २३, २०७६ बुधबार १६:४१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया