Mon, 27 Jan, 2020


पौडेलको आह्वानमा काठमाडौं आएका जिल्ला सभापतिलाई देउवाले लन्च पार्टी दिने
फरकधार / पुस २३, २०७६

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय समितिले बहुमतले महाधिवेशनको घोषणा गरेपछि सभापति शेरबहादुर देउवासँग असन्तुष्ट बनेका वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरुको भेला बोलाए । ४३ जिल्लाका सभापतिहरु पौडेलको आह्वानमा भएको भेलामा सहभागी भए । 



गत सोमबारदेखि सुरु भएको जिल्ला सभापति भेला बुधबार सकिएको छ । जिल्ला सभापतिहरुले सभापति र वरिष्ठ नेतालगायत केन्द्रीय नेतालाई लिखित रुपमै आफ्ना सुझाब बुझाउने तयारी गरेका छन् । 

सोही भेलामा सहभागी जिल्ला सभापतिहरुलाई पार्टी सभापति शेरबहादुर देउवाले लन्‍च पार्टी दिने भएका छन् । लन्च पार्टीका लागि देउवाले बिहीबार बिहान १० बजे जिल्ला सभापतिहरुलाई आफ्नो निवास बुढानीलकण्ठ बोलाएका छन् । 

सबारेको निर्णय केही समयमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने बताइएको छ । 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्