निर्मलाका हत्यारा सार्वजनिक गर्न माग

अन्तरपार्टी महिला सञ्जाल कञ्चनपुरले निर्मला पन्तका वास्तविक हत्यारा यथाशीघ्र सार्वजनिक गर्न माग गरेको छ ।

बुधबार अन्तरपार्टी महिला सञ्जाल कञ्चनपुरको महेन्द्रनगरमा बसेको बैठकले निर्मलाका हत्यारालाई यथाशीघ्र सार्वजनिक गर्न माग गरेको हो । सञ्जाल कञ्चनपुरकी अध्यक्ष सितादेवी नागरीको अध्यक्षतामा बसेको बैठकले निर्मलाका वास्तविक हत्यारालाई सार्वजनिक गरेर कारबाहीको माग गर्ने निर्णय गरेको हो ।

निर्मला मृत फेला परेकै दिनदेखि वास्तविक हत्यारा सार्वजनिकको माग राख्दै आन्दोलनमा उत्रिएकी कांग्रेस नेतृसमेत रहेकी अधिकारकर्मी सन्तोषी ऐरी (साउद)ले वास्तविक हत्यारालाई मात्रै सार्वजनिक गर्नुपर्ने बताइन् । सञ्जालकी सदस्यसमेत रहेकी सन्तोषीले सरकारले निर्मलाका वास्तविक हत्यारा सार्वजनिक गर्न नसकेको भन्दै दुःख व्यक्त गरिन् ।

सञ्जाल सदस्य एवं अधिकारकर्मी नारु सिंहले हत्या भएको लामो समयसम्म पनि निर्मलाका हत्यारा सार्वजनिक नभएपछि केही व्यक्ति अनावश्यक अफवाह फैलाएर व्यक्तिगत लाभमा लागेको बताइन् । निर्मलाका हत्यारा यथाशीघ्र सार्वजनिक गर्नुपर्ने भन्दै उनले निर्मलाका हत्यारा सार्वजनिक नहुँदा थप घटना भइरहेको बताइन् ।

सञ्जालले कञ्चनपुरमा पछिल्ला दिनहरूमा हिंसा, बलात्कार तथा यौनजन्य गतिविधि बढेको भन्दै महिला हिंसाका घटना रोकथामका विषयमा छलफल गरेको थियो । निर्मलाको बलात्कारपछि हत्या भएको १७ महिना बितिसक्दा पनि वास्तविक हत्यारा अझै सार्वजनिक गरिएको छैन ।

निर्मलाकी आमा दुर्गादेवी पन्तले गत मंसिरमै दिलिप बिष्टविरुद्ध किटानी जाहेरी दिए पनि प्रहरीले चासो नदिएको भन्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसमक्ष गुनासो गरेकी थिइन् । कञ्चनपुरका प्रहरी प्रवक्ता रवीन्द्र पौडेलले प्रहरीले निर्मला हत्याकाण्डको सुक्ष्म र गम्भीर ढंगबाट अनुसन्धान गरिरहेको बताए ।





  • प्रकाशित मिति : पुस २४, २०७६ बिहीबार ९:३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया