उदयपुरका गाउँमा बिजुली पुग्याे, स्थानीयले मनाए खुसी

जिल्लाको कटारी नगरपालिका–११ का विभिन्न गाउँमा विद्युत् सेवा विस्तार भएपछि स्थानीय हर्षित भएका छन् । नगरको पहाडी तथा दुर्गम वडाको गहुँबारी, नयाँरोड, हर्देनी, च्यानडाँडामा विद्युत् सेवा विस्तार भएको वडाध्यक्ष दिपक बुढाक्षेत्रीले बताए ।

कटारी नगरपालिकाको ४० लाख र विद्युत् प्राधिकरणको पाँच लाख गरी ४५ लाखमा विद्युत् सेवा विस्तार गरिएको बुढाक्षेत्रीले बताए । वडाका सबै उपभोक्तालाई विद्युत् सेवाको पहुँचमा पुर्‍याउने अभियानमा रहेको भन्दै उनले चिलाउने, कात्तिके, गोठडाँडामा पनि चालु आर्थिक वर्षभित्रै विद्युत् सेवा पुर्‍याइने बताए ।

विद्युत् लाइन विस्तार भएपछि गाउँ नै उज्यालो भएको स्थानीय नृप खत्रीले बताए । विद्युत् आएपछि सहज भएको भन्दै स्थानीय लालबहादुर विश्वकर्माले दाउरा र टुकी बालेर उज्यालो बनाउनु पर्ने बाध्यता टरेको बताए । अहिले वडाको ७५ घरधुरीमा विद्युत् जडान गरिएको छ ।





  • प्रकाशित मिति : पुस २४, २०७६ बिहीबार ९:८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया