वीरगन्ज कारागारमा महिला कैदीकाे मृत्यु

वीरगन्ज– वीरगन्ज कारागारमा रहेकी एक महिला कैदीबन्दीको बिहीबार मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–९ की ३५ वर्षीय सन्ध्या पौडेल रहेको वीरगन्ज कारागार प्रशासनले जनाएको छ ।

मृतक कैदीबन्दी पौडेल एचआइभी एड्स संक्रमित बिरामी रहेको वीरगन्ज कारागार प्रमुख श्रवण पोखरेलले जानकारी दिए । पोखरेलले भने, ‘पौडेल दुई दिन अस्पतालमा भर्ना भएरै उपचार गराएपछि बुधबार मात्र कारागार फर्केकी थिइन् ।’ पौडेलको बिहीबार बिहान ५ बजे मृत्यु भएको उनले बताए । पौडेललाई लागुऔषध मुद्दामा जिल्ला अदालत पर्साले तीन वर्ष जेल सजाय तोकेकोमा दुई वर्ष सजाय भुक्तान भइसकेको थियो ।





  • प्रकाशित मिति : पुस २४, २०७६ बिहीबार २०:१७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया