डाँका मुद्दाका फरार अभियुक्त पक्राउ

सिरहा– डाँका मुद्दामा सजाय सुनाइएका फरार रहेका एक जनालाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ ।

जिल्ला अदालत सिरहाले डाँका मुद्दामा ३० वैशाख ०७१ मा कल्याणपुर नगरपालिका–८ अरंगका ४० वर्षीय मोहम्मद मुस्तफा हुसेन मियालाई ६ वर्ष कैद र एक लाख ८० हजार जरिवानाको फैसला सुनाएको थियो । अदालतले कैद सजाय र जरिवानाको आदेश गरेको थाहा पाएलगत्तै फरार रहेका मियालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

केही समययता आफ्नै घरमा लुकेर बसेको छ भन्ने सूचनाका आधारमा प्रहरीले फैसलाको करिब ६ वर्षपछि मियालाई उनकै घरबाट पक्राउ गरेको हो । पक्राउ गरिएका मियालाई जिल्ला अदालत सिरहामा उपस्थित गराएर फैसला कार्यान्वयनका क्रममा कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।





  • प्रकाशित मिति : पुस २४, २०७६ बिहीबार २०:१८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया