प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा हुने निश्चित

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश ३ को संसदीय दलले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ । यसअघि नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले पनि राजधानी र नाममा हेटौंडा र बाग्मती नै सिफारिस गरेको थियो । योसँगै प्रदेशको राजधानी हेटौंडा र नाम बाग्मती हुने निश्चितप्रायः भएको छ । 

शुक्रबार मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको प्रदेश ३ को संसदीय दलको बैठकले पार्टी सचिवालयको निर्देशनअनुसार नै निर्णय गरेको हो । 

तर, यसबीच प्रदेशका सांसदहरुले यसप्रति असन्तुष्टि देखाएका छन् । उनीहरुले प्रदेशको मामिलामा पार्टीले ह्विप लगाउन नहुने बताउँदै आएका छन् । 





  • प्रकाशित मिति : पुस २५, २०७६ शुक्रबार १४:२५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया