काठमाडौं– सभामुख चयनको विषयमा नेकपामा सहमति जुट्न नसकिरहेका वेला नेकपाका दुई अध्यक्षले उपसभामुख शिवमाया तुम्बाहाङ्फेसँग वर्तमान राजनीतिबारे छलफल गरेका छन् ।
नेकपाका अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तुम्बाहाङ्फेसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका हुन् ।
नेकपाभित्रकै खिचातानीका कारण सभामुख चयनको प्रक्रिया अन्योलमा परेको छ । सभामुख चयनका लागि बोलाइएका संसदको दुईवटा बैठक सूचना टाँसेर स्थगित गरिएको छ । संसद्को अर्को बैठक आइतबारका लागि डाकिएको छ ।
यसअघि प्रधनमन्त्री ओलीले उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा गर्न आग्रह गरेका थिए । तर, सभामुखमा पूर्वएमालेका तर्फबाट ल्याउने कि पूर्वमाओवादीबाट भन्नेमा दुई अध्यक्षबीच अझै कुरा मिलिसकेको छैन ।
तुम्बाहाङ्फे पार्टीको निर्णय भए आफूले उपसभामुखबाट राजीनामा दिन तयार रहेको बताउँदै आएकी छिन् । सोबापत उनलाई मन्त्री बनाउने आश्वासन दिइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।