मेलबर्न स्टार्सबाट सन्दीपकाे मध्यम प्रदर्शन

काठमाडाैं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले मेलबर्न रेनेगेट्ससँगकाे प्रतिस्पर्धामा मध्यम प्रदर्शन गरेका छन् । मेलबर्न स्टार्सबाट खेलेका उनले प्रतियोगिताको आठौँ खेलमा शुक्रबार दुई विकेट लिएका छन् ।

सन्दीपले चार ओभरमा ३९ रन खर्चेर दुई विकेट हात पारेका हुन् । उनी पहिलो र दोस्रो ओभरमा विकेटविहीन भए भने तेस्रो ओभरमा पहिलो विकेट लिएका थिए ।

१४औँ ओभरको तेस्रो बलमा सन्दीपले साउन मार्चलाई क्याच आउट गराएका हुन् । त्यस्तै सन्दीपले १७ ओभरको पहिलो बलमा आफ्नो दोस्रो विकेट लिए । उनले बेउ वेएस्टरलाई क्याच आउट गराएका हुन् ।





  • प्रकाशित मिति : पुस २५, २०७६ शुक्रबार १७:४८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया