Wed, 27 May, 2020


पाकिस्तानको मस्जिदमा विस्फोट, कम्तिमा १२ जनाको मृत्यु
फरकधार / पुस २५, २०७६

एजेन्सी– पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा सहरको एक मस्जिदमा भएको विस्फोटमा कम्तिमा पनि १२ जनाको मृत्यु भएको छ । २१ जनाभन्दा बढी घाइते भएका छन् । 



क्वेटाका डिएसपी अमानुल्लाह पनि यो विस्फोटमा मारिएका छन् । क्वेटामा सिभिल अस्पतालका एक प्रवक्ताले घाइते भएका अधिकांशको अवस्था गम्भीर भएको बताएका छन् ।

पाकिस्तानी सेनाका प्रवक्ताले ट्विटरमा विस्फोट भएको ठाउँ अहिले सेनाको नियन्त्रणमा आइसकेको र प्रहरीसँग मिलेर सेनाले त्यहाँ छानबिन सुरु गरिसकेको बताएका छन् । 

‘प्रहरी र प्रशासनको तर्फबाट विशेष अपरेसन भइरहेको छ,’ पाकिस्तानी सेना प्रमुख कमर जावेद बाजवाले भनेका छन्, ‘जसले मस्जिदमा आक्रमण गरे, उनीहरु वास्तविक मुसलमान हुनै सक्दैनन् ।’


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्