आमाको मायाः तीन छोराछोरीको पेट भर्न कपाल मुन्डन गरिन् यी आमाले

एउटी आमाको माया कति हुन्छ भन्ने कुरा बारम्बार आउने विभिन्न घटनाले प्रष्ट्याइरहेका हुन्छन् । अब भारतको तमिलनाडुबाट एउटा यस्तै समाचार आएको छ जसलाई पढ्दा सबैको मन भावुक हुन्छ । 

३१ वर्षकी एक आमाले त्यहाँ आफ्ना तीन बच्चालाई खाना खुवाउन आफ्नो कपाल मुन्डन गरेकी छिन् । उनले आफ्नो कपाललाई भारतीय १ सय ५० रुपैयाँमा बेचेकी हुन् । यी महिला हुन् प्रेमा । उनका पतिले सात महिनाअघि आत्महत्या गरेका थिए । त्यसपछि उनको आर्थिक अवस्था अत्यन्त कमजोर भएको छ ।

यो घटना एक सातअघिको हो । तर, अब सामाजिक सन्जालमा यो विषयले निकै चर्चा पाएको छ । प्रेमाले मिडियालाई भनेकी छिन्, ‘मेरा पाँच, तीन र दुई वर्षका बच्चा छन् । उनीहरु भोकाएका थिए, मैले नातेदार तथा छिमेकी सबैसँग पैसा मागे, सहयोग मागेँ तर कसैले पनि सहयोग गरेनन् । त्यसपछि मैले आफ्नो कपाल बेचेँ ।’

उनले एक सय पचासमा कपाल बेचेर सय रुपैयाँमा आफ्ना बच्चालाई खाना किनेको पनि बताएकी छिन् ।

उनले दैनिक आएका समस्याका कारण आफूले आत्महत्या पनि गर्ने सोचेको तर नसकेको बताएकी छिन् ।

उनको यो अवस्था देखेपछि ग्राफिक डिजाइनर जी बालाले उनको कथा सामाजिक सन्जालमा लेखेका छन् र क्राउड फन्डिङबाट उनलाई सहयोग जुटाएका छन् । अहिलेसम्म यी महिलाका लागि भनेर १ लाख ४५ हजार भारतीय रुपैयाँ मिलिसकेको बताइएको छ । 



एउटी आमाले आफ्ना बच्चाका लागि केसम्म गर्छिन् ? छैन त, प्रेमको यो कथा प्रेरणादायी ? 



  • प्रकाशित मिति : पुस २६, २०७६ शनिबार ०:५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया